नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोको सेयर प्रत्याभुति गर्ने

- Post by IT
- मंगलवार, बैशाख १८,२०८१ | www.bizshala.com
काठमाण्डौ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता आज सम्पन्न भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सुपर खुदीको प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३१ लाख कित्ता बराबरको हुन आउने ३१ करोड बराबरको रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ ।
सम्झौता कार्यक्रममा कोषका कामु नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए ।
यस अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।